Comments Add Comment

च्याउ खाँदा एकै परिवारका ९ बिरामी

७ वैशाख, विराटनगर । मोरङमा विषालु च्याउ खाँदा एकै परिवारका ९ जना बिरामी भएका छन् । मधुमल्ला-६ बस्ने लक्ष्मीकुमार श्रेष्ठका परिवार विरामी परेका हुन् ।

छिमेकी चित्रबहादुर पोखरेलको खेतमा उम्रिएका गोब्रे च्याउ आइतबार बेलुकी पकाएर खाएपछि उनीहरु विरामी परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिरामीहरुको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भैरहेको छ । सबैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment