Comments Add Comment

चिनी मिलको जग्गा विप्लव माओवादीद्वारा ‘कब्जा’

७ वैशाख, कञ्चनपुर । कञ्चनपुरको सुडा-६ चौखुट्टीमा बन्द अवस्थामा रहेको महाकाली खाँडसारी चिनी मिलको दुई बिघा १० कठ्ठा जग्गा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कब्जा गरेको घोषणा गरेको छ ।

Netra bikram chand Biplav at Khula Manch (1)

जग्गामा पार्टीको झन्डा गाडेर माओवादीले जग्गा कब्जा गरेको घोषणा गरेको हो । कब्जा गरिएको जग्गामा भूमिहीन र सुकुम्वासीको बस्ती बसाउने योजना रहेको माओवादीले जनाएको छ ।

सो चिनी मिल सञ्चालक भारतीय मूलका चतुर्भुज मोहपालको हो । उनले स्थानीयबाट सहुलियत दरमा विद्युत् र बाटो पुर्‍याउने भन्दै सो जग्गा खरिद गरेका थिए ।

तर, महंगोमा जग्गा बिक्री गरी पुँजी भारततर्फ पलायन गर्न थालेकाले जग्गा कब्जा गरिएको विप्लव माओवादी सम्बद्ध पार्टीका नेता राजेन्द्र विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment