Comments Add Comment

सुनसरी मालपोतमा ताला, सेवाकेन्द्र विस्तारको विरोध

७ वैशाख, सुनसरी । सुनसरी इनरुवास्थित दक्षिण क्षेत्रका वासिन्दाले सोमवार मालपोत र नापी कार्यालयमा अनिश्चितकालीन तालावन्दी गरेका छन् ।

Malpot-Sunsariसदरमुकाम इनरुवामा रहेको मालपोत कार्यालय र नापी कार्यालय धरान उपमहानगरक्षेत्रमा सेवा बिस्तार गर्न लागिएको विरोधमा उनीहरुले तालाबन्दी गरेका हुन् ।

बिभिन्न नारावाजी सहित भेला भएका प्रदर्शनकारीहरुले सेवा विस्तार गर्ने निर्णय नसच्याएसम्म ताला नखोल्ने चेतावनी दिएका छन् ।

आइतवारबाट चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले दक्षिणी क्षेत्रलाई उपेक्षा गरी मालपोत र नापी कार्यालय उत्तर धरानमा सार्ने निर्णय गरेको आरोप लगाएका छन् ।

सरकारले निर्णय नसच्याएसम्म अझै सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सदरमुकाम बचाउ अभियानका संयोजक सन्तोष मेहताले बताए ।

यता कार्यालय सुरु भएदेखि नै तालावन्दी गरेपछि मालपोत र नापी कार्यालयको कामकाज ठप्प हुँदा हजारौं सेवाग्राही मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment