Comments Add Comment

सशस्त्र प्रहरी अब रोजेको ठाउँमा सरुवा हुन पाउने

७ वैशाख, काठमाडौं । अवकाश अवधि दुई वर्ष बाँकी रहेका सशस्त्र प्रहरीहरुले रोजेकै ठाउँमा सरुवा हुन पाउने भएका छन् । प्रहरी उपरीक्षक (एसपी)देखि तल्लो तहसम्म यो व्यवस्था लागू हुने छ ।

Armed-Police-force-of-Nepalघर व्यवहार मिलाउन सजिलो होस् भन्ने अभिप्रायले घरपायक सरुवा गर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

‘सशस्त्र प्रहरी बलले आफ्नो कल्याणकारी कार्य अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सुविधा पुर्‍याउने अभिप्रायले यो नयाँ व्यवस्था गरेको हो,’ उनले भने ।

पेशागत जीवनमा झण्डै तीन दशक लामो अवधि विताउँदा सशस्त्र प्रहरी कर्मचारीहरु घर परिवारबाट टाढा रही जिम्मेवारी निर्वाह गरेका हुन्छन् । सरुवाको समयमा बलको प्रधान कार्यालयले अवकास नजिकका सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नै सकृयतामा सम्पर्क गरी सरुवाको अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

आगामी ०७३ सालसम्म सशस्त्र प्रहरी उपरीक्षक (एसपी), सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक गरी ३७ जना तथा सो भन्दा तल्लो तहका केही राष्ट्रसेवकहरुले स-सम्मान अनिवार्य अवकाश प्राप्त गर्दै छन् ।

सशस्त्र प्रहरी बलमा हाल श्रीमान श्रीमतीनै सेवारत भएमा सम्भव भएसम्म एउटै कार्यालय वा नजिकको अर्को कार्यालयमा दरबन्दी कायम गरिदिने गरिएको छ । यसैगरी जवान तहलाई सम्भव भएसम्म उसले खोजेको घरपायक क्षेत्रमा सरुवा गर्ने गरिएको छ ।

सशस्त्र प्रहरी बलले अवकास नजिक रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इच्छाएको ठाउँमा सरुवा गरिदिँदा उनीहरुको मनोवल उच्च रहने सशस्त्र प्रहरीले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment