Comments Add Comment

सुनसरी प्लाई उद्योगमा आगलागी, ३० लाख क्षति

७ बैशाख, इटहरी । सुनसरी मोरङ औद्योगिक करिडोर अन्तरगत खनारको सोनापुरमा सञ्चालित सुनसरी प्लाई उद्योगमा सोमवार आगलागी हुँदा ३० लाख बराबरको क्षती भएको छ ।

उद्योगमा रहेको सिजिनिङ मेसिनबाट (काठ सुकाउने मेसिन) मा खराबी आइ आगलागी सुरु भएको बताइएको छ ।

आगोले चिरान गरी राखिएको बहुमूल्य जातका काठ, तक्ता र केही फर्निचरका सामानहरु खरानी बनाएको प्लाई उद्योगका धनी सिताराम अग्रवालले बताए ।

दिउसो ४ बजेदेखि सुरु भएको आगो इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, बिराटनगर उपमहानगरपालिकाका दमकलको सहयोगमा स्थानीय र प्रहरीले दुई घण्टा पछि निभाएका थिए ।
– तेज बनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment