Comments Add Comment

‘जाजरकोटमा सरकारी निकायबीच समन्वय अभाव’

८ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोटमा फैलिएको महामारी रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । सरकारी निकायबीच आपसमा समन्वय नहुँदा महामारी नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

NHRCआयोगका अध्यक्ष एवं सदस्यहरुको उपस्थितिमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाल मेडिकल एशोसिएसन तथा नेपाल नर्सिङ संघका पदाधिकारीबीच मंगलबार आयोगमा छलफलमा भएको थियो ।

छलफलमा सहभागीलाई आयोगका पदाधिकारीहरुले बिरामीको आकष्मिक उद्धार तथा प्रभावकारी उपचार सेवा प्रदान गर्न, छिमेकी जिल्ला तथा गाविसहरुका रोग फैलिन नदिन तथा चेतनाका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न आग्रह गरेका थिए ।

छलफलमा नेपाल मेडिकल एशोसिएसन तथा नेपाल नर्सिङ संघले सरकारले आह्वान गरेमा आवश्यक जनशक्ति स्वयम् सेवकका रुपमा उपलब्ध गराउन तत्पर रहेको प्रतिवद्धता जनाएको मानव अधिकार आयोगका कायम मुकायम सचिव वेद प्रसाद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment