+
+

प्रचण्डले भने- हामी लेनिनकै युगमा छौं

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ९ गते ११:१७

९ वैशाख, काठमाडौं । रुसी क्रान्तिका नायक लेनिनका शालिकहरु तोडफोड भैरहेकाबेला एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफूहरु अझै लेनिनकै युगमा रहेको बताएका छन् ।

Prachandaनेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा साम्यवादी नेता लेनिनको १४५ औं जन्म जयन्तीको अवसरमा वुधबार प्रचण्डले निकालेको वक्तव्यमा भनिएको छ, ‘२१ औं शताब्दीमा विश्व परिस्थितिमा कयौं महत्वपूर्ण परिवर्तन आए पनि हामी साम्राज्यवाद एवम् सर्वहारा समाजवादी क्रान्तिको युगमा छौं ।’

उनले लेनिनले अघि सारेको क्रान्ति तथा कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्तावनाको महत्व नघटेको बताएका छन् ।

लेनिनको जन्म जयन्तीको अवसर पारेर ६६ वर्ष अघि नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

कम्युनिष्ट पार्टी स्थापना भएको सम्झनामा प्रचण्डले शुभकामना सन्देश जारी गरी लेनिनले देखाएको क्रान्तिको सिद्धान्त मार्गनिर्देशन बनिरहेको भन्दै देशका सबै क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच एकताको अपिल गरेका छन् ।

leninतर, नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवसको अवसरमा अलग अलग कार्यक्रम आयोजना गरेका छन् । एमालेले प्रज्ञाभवन कमलादीमा कार्यक्रम आयोजना गरेको छ । अरु दलले आफू अनुकूल कार्यक्रम आयोजना गरेका छन् ।

नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले विज्ञप्ति निकालेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

जनयुद्धले गम्भीर धक्का खाए पनि त्यसबाट पाठ सिक्दै तथा नेपाली कम्युनिस्ट आन्दोलनमा हावी रहिआएको दक्षिणपन्थी संशोधनवाद विरूद्ध कडा विचारधारात्मक संघर्ष चलाउँदै फेरि पनि क्रान्तिको प्रक्रियामा दृढ संकल्पका साथ अगाडि बढिरहेको उनको वक्तव्यमा उल्लेख छ ।

२२ अपि्रल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुन् । अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ थिए ।

टुट फुटको श्रृङ्खलाबाट गुज्रिँदै आएका नेपालका कम्युनिष्ट पार्टीहरु २ दर्जन बढी पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?