Comments Add Comment

पत्रकार रविन भट्टराई पुरस्कृत

९ वैशाख, ताप्लेजुङ । यस वर्षको स्वर्गीय टीकाराम गौतम स्मृति पत्रकारीता पुरस्कारबाट ताप्लेजुङका पत्रकार रविन भट्टराई सम्मानित भएका छन् ।

ताप्लेजुङ जिल्लामा रहेर पत्रकारीता क्षेत्रमा कलम चलाएका भट्टराई ५ हजार एक सय पाँच रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित भएका हुन् । पत्रकार भट्टराईले विगत ७ वर्षदेखि ताप्लेजुङलाई कार्यक्षेत्र बनाएका छन् ।

थमन-महेश स्मृति पत्रकारिता पुरस्कार भट्टलाई

यसैबीच ‘थमन-महेश स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्रप्रसाद भट्टलाई प्रदान गरिने भएको छ । क्रान्तिकारी पत्रकार संघ कास्कीको बुधबार बसेको बैठकले पुरस्कार छनौट समितिले सिफारिस गरेको भट्टको नाम अनुमोदन गरेको हो ।

पुरस्कृत भट्ट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् । पत्रकार सहिद थमन परियार र महेश पहारीको स्मृतिमा स्थापित पुरस्कारको राशी २५ हजार एक रुपैयाँ छ । पुरस्कार कृष्ण सेन इच्छुकको स्मृति दिवसको अवसरमा जेठ १३ गते प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment