Comments Add Comment

पोर्चुगल पठाइदिन्छु भनि ठगी गर्ने पक्राउ

९ वैशाख, काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनि पाँचथरकी एक युवतीलाई ठगेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

Sekher-bhadra-khanalपक्राउ पर्नेमा तनहुँ बसन्तपुर-२ घर नयाँ बानेश्वर बस्ने २५ वर्षका शेखरभद्र खनाल छन् ।

उनले पाँचथर लुङ्गरुपा २ घर भई थानकोट बस्ने बर्ष २७ की अन्जना राईलाई पोर्चुगलमा राम्रो काममा पठाई दिने भन्दै ४ लाख लिएका थिए ।

तर, रकम लिएपछि सम्पर्कविहीन भएका खनाललाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग तिनकुने काठमाडौंमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment