Comments Add Comment

माल्दिभ्सको समुद्री किनारमा छुट्टी मनाउँदै रणबीर-कट्रिना

ranbir_katrina_story_650_011314060544

मुम्बई । हिन्दी फिल्म ‘फितुर’ को सुटिङमा घोडावाट लडेर घाईते भएकी अभिनेत्री कट्रिना कैफ केही दिनअघि रणबीर कपुरसँग मालदिभ्समा वीच भ्याकेसन मनाएर फर्किएको रहस्य सार्वजनिक भएको छ ।

उनीहरु बिमानस्थलको भर्‍याङबाट सँगै झर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरु सुटुक्क मालदिभ्स घुमेर भारत फर्किएको सार्वजनिक भएको हो ।

कालो पोशाकमा क्यामेरामा कैद भएका कटि्रना र रणबीर सामान्य अवस्थामा घुमिरहेको भेटिएका छन् ।

उनीहरु यसरि घुमेको तस्बिर कटि्रनाकै नाममा रहेको ट्वीटरको फेक आईडीवाट सार्वजनिक भएको थियो ।

ranabir-katrina

रणबीरले कट्रिनासँग सम्बन्ध रहेको कुरा अस्वीकार गर्दै आए पनि उनीहरुको गुपचुप सम्बन्ध कायम रहेको विभिन्न भारतीय समाचार संस्थाले जनाएको छन् ।

कटि्रना केही दिनअघि मात्रै कपुर-परिवारको डिनरमा सहभागी भएकी थिईन् । डिनर कार्यक्रममा नितु कपुर, रिद्धिमा कपुर रणबीरकी हजुरआमा कृष्णा कपुर लगायत अन्य पारिपारिक सदस्यको उपस्थिती थियो ।

पछिल्लो समय रणबीरले अनुराग कश्यपको फिल्म ‘बम्बे भ्यालेट’ मा मूख्य भुमिका निर्वाह गरेका छन् । यस फिल्ममा उनले अभिनेत्री अनुष्का शर्मासँग अनस्क्रिन रोमान्स गरेका छन् । अर्को फिल्म ‘तमाशा’मा पूर्वप्रेमीका दीपिका पादुकोणसँग अनस्त्रिmन रोमान्स गरेका छन् । कट्रिना अभिषेक कपुरको फिल्म ‘फितुर’ मा ब्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment