Comments Add Comment

फेरि चल्ने भयो ‘झोला’, काठमाण्डौमा विशेष शो

garima-panta-in-jhola
शुक्रबारबाट फेरि काठमाण्डौका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘झोला’को विशेष शो काठमाण्डौको कुमारी हलमा सम्पन्न भएको छ । चलचित्रको विशेष शोमा चलचित्रकर्मी, साहित्यकार, संगीत, राजनीति तथा न्यायलय लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो ।

चलचित्र हेरेर फर्किएका धेरै दर्शकको आँखाबाट आशु झरेको थियो । चलचित्र हेर्न सभासदद्धय बालकृष्ण खाँड र दिपक गिरी पनि पुगेका थिए । ‘झोला’ हेरेका अधिकांशले एक पटक चलचित्र हेर्दा केही घाटा नलाग्ने बताए । उनीहरुले १ सय बर्ष पुरानो कथालाई चलचित्रले उत्कृष्ट तबरले प्रस्तुत गरेको बताए ।

साहित्यकार कृष्ण धारावासीको कथामा आधारित रहेर तयार पारिएको यो चलचित्रमा गरिमा पन्त, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनालको मुख्य भूमिका छ । उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्रमा मालती शाह, राज तिमिल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ । सन् २०१४ को सार्क फिल्म फेस्टिबलमा गरिमा पन्तले यही चलचित्रबा उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् । चलचित्रलाई यादव भट्टराइले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment