Comments Add Comment

यो हो कम्प्युटरको आर्यघाट, जहाँ हुन्छ लाखौँ टन ग्याजेटको प्राणान्त

computer dost bin (2)
हजारौँ टुटेफुटेका कम्प्युटर, टेलिभिजन, ल्यापटप, माइक्रोवेभ तथा फ्रिजको भिमकाय पहाड नै बनेको छ त्यहाँ । झण्डै विश्वभरका अझ भनौँ धनी देशका मान्छेले चलाएर फ्याँकेका विद्युतिय सामानहरुको चिहान हो यो ।

पश्चिम अफ्रिकाको घानास्थित उग्बोग्ब्लोशीमा रहेको यो ‘इलेक्ट्रोनिक चिहान’ मा दसौँ लाख टन विद्युतिय फोहोर वर्षेनी डम्प गरिन्छ ।

विश्वका विभिन्न देशबाट यस्ता विद्युतिय फोहोरहरु अवैध रुपमा त्यहाँ ओसारिन्छ र फ्याँकिन्छ । आफ्नो देशमा व्यवस्थापन गर्न असहज भएपछि त्यसलाई पन्छाउनका लागि विभिन्न विकशित देशहरुले अनेक बहानामा काम नलाग्ने यस्ता विद्युतिय सामानहरु अफ्रिका पूराउने गरेका छन् ।

उक्त ल्याण्डफिलमा बिग्रेका कम्प्युटर, टेलिभिजन, एसी, फ्रिज लगायतका असंख्य सामान देखिन्छन् । कतिपय स्थानीय बासिन्दाले यिनै सामानहरुको डंगुरमा केही काम लाग्ने र बेच्न मिल्ने सामानहरु खोजेर जिविका चलाइरहेका पनि छन् । तर विद्युतिय फोहोरको डंगुरले त्यहाँको जल तथा जमिन नराम्ररी प्रदुषित बनिरहेको छ ।

computer dost bin (3)

फोहोरमैला व्यवस्थापन सम्बन्धि बासेल अभिसन्धी अनुसार यसरी फोहोरमैला अर्को देशमा लगेर थुपारिदिने अवैध काम हो । तर युरोपका धेरैजसो देशहरुले त्यसलाई उल्लंघन गर्दै अफ्रिकामा फोहोर पूराइरहेका छन् ।

अफ्रिका महादेशका सबै देशहरुले जम्माजम्मी एक वर्षमा १९ लाख टन मात्र विद्युतिय फोहोर उत्पादन गर्दछन्, तर यी देशहरु विश्वका अधिकांस देशबाट ओसारिने करोडौँ टन फोहोरको पीडा भोग्न बाध्य बनिरहेका छन् ।

एक तथ्यांक अनुसार विश्वमा गएको वर्ष ४ करोड १० लाख टन विद्युतिय फोहोर उत्पादन भयो । त्यो भनेको १८ चक्का भएका ११ लाख ट्रकहरुको तौल बराबर हुन्छ । ११ लाख टक्र सिधा बाटोमा लहरै राख्ने हो भने न्युयोर्क देखि टोकियोसम्म पुग्दछ ।

computer dost bin (1)

computer dost bin (4)

computer dost bin (5)

यो पनि पढ्नुहोस

बढ्दैछ विद्युतिय फोहोर, वर्षदिनमा फ्याँकियो ३ सय टन सुन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment