Comments Add Comment

पूर्णबहादुरको गाउँमा बस्ने घर छैन, काठमाडौंमा बस्ने मन छैन

नारायण पंगेनी

१५ वैशाख, काठमाडौ । ‘तपाईँ तुरुन्तै घर आउनुपर्‍यो, यहाँ त घाट पुर्‍याउने मान्छे पनि भएनन्,’ ललितपुरमा बसिरहेका सिन्धुपाल्चोकको सेलाङ गाविस-२ का पूर्णबहादुर थापालाई गाउँबाट फोन आयो ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पस प्रांगणमा दुई महिनाकी छोरी काखमा च्यापेर आश्रय लिइरहेका पूर्णबहादुर त्यस्तो फोन पाएपछि नजावाफ भए ।

स्वतः स्फूर्त अस्थायी शिविरहरुमा आश्रय लिइरहेकाहरुको अवस्था नियाल्न हिँडेको अनलाइनखबरकर्मी पाटन क्याम्पस पुग्दा पूर्णबहादुर घरका छिमेकीसँग कुरा गर्दै थिए ।

ललितपुरकै कृषि फार्ममा सरकारी जागिरे पूर्णबहादुर आधा मन लिएर शिविरमा टोलाइरहेका थिए । उनले भने,- ‘घर जाउँ भने त्यहाँ बस्ने ठाउँ छैन, परिवारको विचल्ली छ, नजाउँ त  मनले मान्दैन ।’

पूर्णबहादुरका ससुराको सिन्धुपाल्चोकमै घरले पुरिएर निधन भएको रहेछ । सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर गएको दोस्रो भूकम्पले सिंगै  जिल्ला भग्नावशेषमा परिणत भएको छ ।

घर चलाउन भन्दै राजधानी पसेका सिन्धुपाल्चोकवासीहरु जिल्लाको अवस्था दयनीय भएको सुनेर यतिबेला निकै पीडित छन् ।

चार चार छोरी थिए, छोराको आसले बच्चा जन्माइयो फेरि छोरी नै भयो, पूर्णबहादुरले आफ्नो बवास्तविकता ओकले ।

सुत्केरीको विचल्ली

काठमाडौं उपत्यकामा सरकारले एक दर्जन बढी ठाउँमा राहत क्याम्प खडा गरेको जनाएको छ । तर, सरकारले राहत क्याम्प खडा गरे पनि सयौं स्थानमा स्वतःस्फूर्त रुपमा शिविर बनाएर बसेका छन् । ती शिविरहरुमा वृद्ध, बालबालिकादेखि सुत्केरीको अवस्था त्रसित देखिन्छ ।

ललितपुर उपमहानगरपालिका परिसरमा भेटिएकी एक महिनाकी सुत्केरी महिला अपर्णा बज्राचार्य न्यानोमा बस्नुपर्ने बेला चिसो भुइँमा रात कटाइरहनु पर्दाको पीडा ब्यक्त गर्न सकिनन् । पुल्चोककी अपर्णाको श्रीमान ट्राभल एजेन्सीमा काम गर्छन् । भूकम्पकै कारण समस्यामा परेका पर्यटकको उद्दारमा लाग्दा उनी जिल्ला बाहिरै छन्  । उनले आफ्नो सुत्केरी पत्नीको अवस्था बुझ्न पाएका छैनन् ।

‘भूकम्पले घर चर्किएको छ, चिसोले उस्तै समस्या छ,’ अपर्णाले भनिन्, ‘सुत्केरीलाई आहारा त के, सामान्य खानेकुराको समेत अभाव भएको छ ।’ ‘भूकम्पको त्रासदी कम भएपछि अरु त घर फर्किएलान् त हाम्रो त घर नै चिरा परेको छ, अब कहाँ जाने हो’ उनले चिन्ता व्यक्त गरिन् ।

IMG_2425अपर्णाजस्तै धेरै सुत्केरीहरुको काठमाडौ उपत्यकामा यस्तै विचल्ली छ । अस्पतालहरु भूकम्पका घाइते र लाशहरुले भरिएका छन् । तस्वीर बोलिरहेछ, राजधानीवासीको त्रासदी कहिले रोकिएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment