Comments Add Comment

दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन सरकारको आह्वान

१५ वैशाख, काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न सबैलाई अनुरोध गरेको छ । बिभिन्न ५ बैंकमा खोलिएका खाताबाट कोषमा रकम जम्मा गर्न सकिने छ ।

प्रधानमन्त्री कार्यालयले जनाए अनुसार सहयोगी दाताहरुले नेपाल बैंक लिमिटेड काठमाडौंको ००२-११-०५३३१३, स्टाण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको ०१-०१३२४३८-०१, नेपाल बंगलादेश बैंक लिमिटेडको ०३५१४१ सी, एभरेष्ट बैंक लिमिटेडको ००१०११०२२०००१२ र ००१००१०५२००२७० तथा ग्लोबल बैंक लिमिटेडको ०४११०१००००००५ मा रकम जम्मा गर्न सक्ने छन् ।

सो कोषमा जम्मा हुने रकमबाट भूकम्पबाट पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणमा खर्च गरिने सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment