Comments Add Comment

सरकारी आश्वासनको निगरानी गर्न सांसदहरुको माग

Photo Credit : रासस

१२ चैत, काठमाडौं । सांसदहरुले सरकारले दिने आश्वासन पूरा गर्न बाध्य पार्नुपर्ने बताएका छन् । सरकारले दिएका आश्वासनको रेकर्ड राखेर त्यसको अनुगमन गरी पूरा गर्न बाध्य पार्नुपर्ने बताएका हुन् ।

मंगलबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सांसदहरुले सरकारले आश्वासनमात्र दिने तर पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै निगरानी गर्नुपर्ने बताएका हुन् ।

सांसद राधेश्याम अधिकारीले सरकारका मन्त्रीहरुले दिएको आश्वासनको रेकर्ड राखेर त्यसको अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सरकारका मन्त्रीहरुले दिएका आश्वासन पूरा गराउन बाध्य पार्न पनि समितिले त्यसको रेकर्ड राख्नुपर्ने पनि बताए ।

सांसद बलराम बास्कोटाले सरकारले एक वर्षमा दिएको आश्वासन पूरा गरे/नगरेको विषयमा सम्बन्धित मन्त्रीसँग छलफल गर्नुपर्ने माग गरे । समितिले सरकारी आश्वासन अनुगमनका लागि आवश्यक नियमावली र कार्यविधि तय गरिसकेको छ ।

त्यस्तै समितिले सरकारलाई प्रत्यायोजित व्यवस्थापनसम्बन्धी काम गर्न र गराउन निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रत्यायोजित व्यवस्थापनसम्बन्धी काम गर्न र गराउन २२ वटै मन्त्रालयलाई निर्देशन दिएको हो ।

सर्वोच्च अदालतसहितको न्यायिक निकाय र संवैधानिक अंगहरुलाई समेत प्रत्यायोजित व्यवस्थापनसम्बन्धी सिद्धान्तलाई अवलम्बन गर्दै सो सम्बन्धी काम गर्न र गराउन पत्राचार गरिएको पनि समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment