Comments Add Comment

मुस्ताङमा जमिन भासिएर १० घर भत्किए

Jomsom

  • जोमसोममा जमिन भासिएपछि पुगेको क्षति । तस्वीर : निरज थकाली

सन्देश श्रेष्ठ
१५ वैशाख, पोखरा । शनिबार गएको भूकम्पको प्रभावले मुस्ताङमा जमिन भासिएपछि घरहरु भत्कन थालेका छन् । कालीगण्डकी नदी किनारमा रहेका १० घर मंगलबार भत्किएका छन् । स्थानीयलाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

नदी किनारमा रहेका बिजय शेरचन, सागर शेरचन, सुनिल शेरचन, चन्द्रमाया गुरुङ, झोङ्ग प्रधानको घर भत्किएका छन् । त्यस्तै सागर नेपाली, हिक्मत थकाली र थाकखोला लज भएको घर पनि भत्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए ।

भूकम्प जाँदा तल्लो भागमा खोक्रो बनाएको र अहिले भार थेग्न नसकेर घरहरु दब्न थालेको हुनसक्ने उनले बताए ।

स्थानीयलाई सुरक्षित स्थानमा बस्न आह्वान

प्रजिअ अधिकारीका अनुसार अहिले कालिगण्डकी नदी किनारका घरहरु सबै खाली गराएर त्यहाँका स्थानियबासीलाई सुरक्षित स्थानमा बस्न आह्वान गरिएको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाईएको तथा बाँकी रहेका घर खाली गराउन माईकिङ गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

्यसैबीच, जोमसोम ८, ५ र २ जोड्ने झोलुङ्गे पुल भत्किँदा ती वडाहरुसँग सम्पर्क टुटेको स्थानीयले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment