Comments Add Comment

हङ्कङको लि फाउण्डेशनबाट १० लाख अमेरिकी डलर सहयोग

१५ वैशाख, काठमाडौ । नेपालमा भएको विनाशकारी भूकम्पबाट पीडितलाई राहतका लागि हङ्कङस्थित लि का शिङ्ग फाउण्डेशनले १० लाख अमेरिकी डलर अर्थात झण्डै १० करोड सहयोग प्रदान गरेको छ ।

फाउण्डेशनका अध्यक्ष लि का शिङ्गले भूकम्पपीडितहरुको उद्धार तथा राहतका लागि सो सहयोग प्रदान गरेको नेपाली महावाणिज्य दूतावास हङकङले जनाएको छ । लिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त सहयोग रकम उपलब्ध गराएका हुन् ।

यस्तै भूकम्पपीडितहरुको राहत तथा उद्दार गर्ने प्रयोजनका लागि नगद योगदान गर्न चाहने स्वदेशी तथा विदेशी ब्यक्ति तथा संघसंस्थाहरुले नेपाल सरकारको उक्त कोषको नाममा रहेको बैंक खातामा जम्मा गरी दूतावासमा लिखित जानकारी गराउन पनि हङकङ दूतावासले जनाएको छ ।

hongkong

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment