Comments Add Comment

नेपालका भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा बार्सिलोना फुटबल क्लवले मौनधारण गर्ने

_74489206_022062450-1वसन्त रानाभाट

बार्सिलोना । चर्चित फुटबल क्लब बार्सिलोनाले नेपालमा बिनाशकारी भूकम्पमा परी ज्यान गुमानेहरुको सम्झना गर्दै घरेलु मैदान नाउ क्याम्पमा मौनधारण गर्ने भएको छ ।
मृत आत्माको चिर शान्तिको कामाना गर्दै क्लबले मंगलबार हुने लिगाको खेल शुरु भन्दा अगाडी नेपाल र नेपालीहरुलाई सम्झना गर्न लागेको हो।

बार्सिलोना स्थित नेपाली कन्सुलर लुईस बेल्बिसले अनलाईनखबरलाई बताए अनुसार बार्सिलोना फुटबल क्लबका डाईरेक्टरले फोन सम्पर्क गरि उनलाई यसबारे जानकारी गराएका छन्।

बिश्वका चर्चित फुटबल खेलाडी लिओनल मेस्सी सहितको समुहले महाभूकम्पले देश रोईरहेको बेला नेपाल र नेपालीहरुलाई सम्झने भएका छन्।
नेपाली समय अनुसार आज राति पौने १२ बजे बार्सिलोनाले लिगाको ३४ औ खेल गेटाफेसँग खेल्दैछ।

स्पेनको प्रान्तीय सरकार कातोलोनियाले पनि पार्लामेन्टमा बुधबार १ मिनेट मौन धारणाको कार्यक्रम राखेको छ। नेपाली कन्सुलर बेल्बिस सो कार्यक्रममा सहभागी हुने भएका छन्।

नेपालमा आपतकालिन राहत र उद्दारका लागि ५० हजार युरो सहयोग गर्ने घोषणा गरेको थियो। कातोलोनियाका सरकारी अधिकारीहरुले पनि देश नै शोकाकुल हुने गरि घटेको घटनाप्रति दुख ब्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment