+
+

उद्योग-व्यवसाय सञ्चालन गर्न महासंघ र चेम्बरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १६ गते ११:०१

11१६ वैशाख, काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले सबै उद्योगी व्यवसायीलाई  उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन ।

शनिबार आएको महाभुकम्पका कारण उद्योग-व्यवसायहरु बन्द अवस्थामा छन । मंगलबारदेखि फाट्टफुट्ट खोलिए पनि अझै पूर्णरुपमा खोलिएको छैन । पसलहरु नखुल्दा पिडीतले आवश्यक सामाग्री किन्न समेत पाएका छैनन । सर्वसाधारणको जनजिबन कष्टकर बन्दै गएकाले त्यसलाई सहज बनाउन उद्योगी व्यवसायीहरु लाग्नुपर्ने महासंघ र चेम्बरले बताएका छन ।

‘यो संकटको घडीमा मन, बचन र कर्मले आजैबाट आ-आफ्ना व्यवसाय खोली सुपथ र सर्वसुलभरुपमा उपभोग्य वस्तु तथा सेवा उपलब्ध गराई सहयोग गरिदिनुहुन सम्बन्धित व्यवसायीहरुमा हार्दिक अपिल गर्दछौं ।’ महासंघ र चेम्बरले जारी गरेकेा संयुक्त अपिलमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?