+
+

नेपाल रेडक्रसले जुनेली रातमा बिस्कुन सुकायो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते १०:३९

१८ वैशाख, काठमाडौं । नेपाली समाजमा एउटा आहान छ, ‘इयाँली बियाँली दिन गमाई, जुनेली रातमा बिस्कुन सुकाई ।’ नेपाल रेडक्रस सोसाइटीको ताल यस्तै देखिएको छ ।
Red cross Logo
आपत-विपतका बेला उद्दार तथा राहतका लागि अघि सर्ने संस्था रेडक्रस हो । यसका नेपालसहित विश्वभर शाखा छन् । तर, नेपालस्थित रेडक्रस सोसाइटीको हालत भने निकै खराब छ ।

राहत, उद्दार र पुनःस्थापनाको काममा रेडक्रसकर्मी सक्रिय हुन्छन् । अरुबेलाका प्राकृतिक विपत्तिजस्तै भूकम्पका बेला पनि नेपालमा रेडक्रस सक्रिय छ । तर, राहत, उद्दार र पुनःस्थापना जस्ता सेवामा सधैं खटिरहने उद्देश्य लिएको संस्था नेपाल रेडक्रससँग अत्यावश्यक सामाग्री अभाव छ ।

भूकम्प गएको एकसातापछि त्रिपालको टेण्डर

वैशाख १२ को विनाशकारी भूकम्प गएको छैठौं दिन बल्ल रेडक्रसले राहत र पुनःस्थापनाको काममा प्रयोगमा आउने सामाग्रीहरुको टेन्डर आह्वान गरेको छ । भूकम्प गएको झण्डै एक हप्तापछि टेन्डर खोलेको रेडक्रसले टेन्डरको अन्तिम समयसीमा पनि एक हप्ता तोकेको छ ।

रेडक्रसँग भएका त्रिपालहरु रातारात अनामनगरमा घर नभत्केको व्यक्तिलाई बाँडिएपछि रेडक्रसले पीडितका लागि टेण्डर आह्वान गरेको हो । यो टेण्डर बैशाख २५ गते विहानमात्रै खोलिने छ ।

आपत विपतका बेला सधैं सेवामा हाजिर हुने रेडक्रससँग सम्वन्धित कामका लागि आवश्यक सामानहरु जगेडा नै हुँदो रहेन छ भन्ने यो टेन्डरले पुष्टि गर्छ । नाइलनका डोरी, प्लास्टिकका भाँडाकुँडा, बल्याङ्केट र महिला तथा पुरुषहरुले लगाउने कपडाका लागि रेडक्रसले टेन्डर खोलेको छ ।

टेन्डरको प्रक्रिया पूरा गर्न, सामान झिकाउन, पीडितसम्म पुर्‍याउन कम्तिमा एक महिना लाग्ने छ । त्यो समयभित्र पीडितहरुको हालत के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?