+
+

भूकम्पले डेढ सय मेगावाट विद्युत उत्पादन क्षमताका आयोजना बन्द

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते ११:२३

hydro१८ बैशाख, काठमाडौं । महाभूकम्पका काराण पेनस्टक पाइप र प्रसारणलाइन क्षतिग्रस्त भएपछि डेढ सय मेगावाट विद्युत उत्पादन क्षमताका जलविद्युत आयोजना बन्द भएका छन । अहिले ती आयोजनाले ९० मेगावाट विद्युत उत्पादन गरिरहेका थिए ।

४५ मेगावाटको माथिल्लो भोटेकोसी, २२ मेगावाटको चिलिमे, साढे ३ मेगावाटको भैरवकुण्ड ४ मेगावाटको चाकुखोला, २१ मेगावाटको त्रिशुली, १४ मेगावाटको देविघाट, साढे २ मेगावाटको जिरीखोला, १० मेगावाटको सुनकोसी र १० मेगावाटको सिपि्रङखोला भूकम्पका कारण बन्द भएका हुन ।

भोटकोसीमा धेरै क्षति भएकाले विद्युत् आपूर्ति सहज हुन अझै कम्तीमा ६ महिना लाग्ने बताइएको छ । सिन्धुपाल्चोकका सम्पूर्ण विद्युत आयोजना बन्द अवस्थामा छन ।

लोडसेडिङ बढ्ने

भूकम्पका कारण विद्युत आयोजना बन्द भई उत्पादनमा कमी आउँदा नेपाल विद्युत प्राधिकरणलाई विद्युतको व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । जनजिवन सामान्य बन्दै गएकाले आगामी हप्तादेखि देशभर विद्युको माग बढेपछि लोडसेडिङ पनि बढ्ने प्राधिकरणका एक कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?