+
+

पर्यटकको सूचना संकलन गर्न ‘सूचना समन्वय केन्द्र’

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते १८:१८

१९ वैशाख, काठमाडौं । मुलुकभरी रहेका विदेशी पर्यटकको अवस्थाका बारेमा सूचना संकलन गर्न ‘पर्यटक सूचना समन्वय केन्द्र’ स्थापना गरिएको छ । प्रलयकारी महाभूकम्पका कारण मुलुकका विभिन्न स्थानमा पर्यटक अलपत्र परेको सूचना आइरहेको छ ।

पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको संयोजकत्वमा १२ सदस्यीय पर्यटक सूचना समन्वय केन्द्र स्थापना गरिएको हो । केन्द्रमा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाहरुलाई सहभागी गराइएको छ ।

अध्यागमन विभाग, पर्यटन सम्द्ध निकायहरु नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल, नेपाल एशोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्स, नेपाल होटल संघ, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी ईकाइ लगायतका प्रतिनिधिहरुको केन्द्रमा सहभागिता रहेको छ ।

भूकम्पले पर्यटकीय क्षेत्रमा पुर्‍याएको प्रभावको सन्दर्भमा सूचना व्यवस्थित गरी सहयोग पुर्‍याउन केन्द्र स्थापना गरिएको बताइएको छ । केन्ऽले मुलुकभरी रहेका विदेशी पर्यटकहरुको सूचना संकलन गरी पर्यटकहरुको अवस्थाको वारेमा सूचना प्रवाह गर्ने र आवश्यकता अनुसार सम्बन्धित निकायमा उद्दारका लागि अनुरोध गर्नेछ ।

बिदेशी पर्यटकको अवस्थाको वारेमा जानकारी प्राप्त गर्नेलाई सूचना उपलव्ध गराउन प्रहरी निरिक्षक रुकेश तण्डुकारलाई टोल फ्रि नम्बर ११४४ र पर्यटन बोर्डका शरद प्रधानलाई ९८५१०७७३८५ गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?