+
+

भूकम्पले भत्काएको भवन बनाउन विद्यार्थी सङ्गठनको श्रमदान

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २२ गते ८:१७

२२ वैशाख, म्याग्दी । म्याग्दीको बरङ्जामा रहेको जनप्रिय निमाविको भूकम्पका कारण भत्किएको भवन मर्मत गर्न अनेरास्ववियु म्याग्दीले सोमबार श्रमदान गरेका छन् ।

विनाशकारी भूकम्पपछि भत्किएको तीनकोठे भवन मर्मतका लागि अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा रहेको १९ विद्यार्थीले श्रमदान गरेका हुन् । उनीहरुले दिनभर विद्यालयदेखि एक घन्टा टाढाबाट फर्निचर र काठ बोकेर श्रमदान गरेका हुन् ।

भवनमा क्षति पुगेपछि विद्यालयको पठनपाठन प्रभावित बन्न नदिन विद्यालय सेवा क्षेत्रका अभिभावक पनि श्रमदान गरेर कक्षाकोठा मर्मतमा जुटेका छन् ।

अनेरास्ववियुले भूकम्पबाट क्षति पुगेको जिल्लाका सबै विद्यालय भवन मर्मत र पुनः निर्माणका लागि निर्माण सामग्री तथा श्रमदान सहयोग गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । भूकम्पबाट म्याग्दीका २२ विद्यालय भवनमा क्षति पुगेको छ ।

यसैगरी विपन्न र अशक्तको भत्किएको घर मर्मत तथा पुनः निर्माणका लागि पनि श्रमदान गर्न विद्यार्थी परिचालन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?