Comments Add Comment

महोत्तरीमा तेजाब आक्रमण, १ जना गम्भीर घाइते

२२ वैशाख, गौशाला । महोत्तरीको जलेश्वरमा मंगलबार विहान तेजाब आक्रमण हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

घरायसी विवादमा जलेश्वर नगरपालिका-६ का २० वर्षीय अजय साहले तेजाब आक्रमण गर्दा उनका काका ५५ वर्षीय सत्यनारायण साह गम्भीर घाइते भएका हुन् । उनको टाउको, अनुहार, छाती र शरीरका अन्य भाग जलेको छ ।

सत्यनारायणलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।

सत्यनारायण र उनका भाई गौरीशंकरबीच जग्गासम्बन्धी विवाद थियो । सोही विवादमा तेजाब आक्रमण भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

पसलमा बसिरहेका सत्यनारायणलाई मंगलबार विहान १० बजतिर अजयले शरीरमा तेजाब खन्याइदिएका थिए । त्यसअघि उनीहरुबीच बाझाबाझ भएको थियो । झगडा मिलाउन गएकाहरुलाई पनि अजयले तेजाब छ्यापेका थिए ।

तेजाब लागेर जलेश्वर-५ बस्ने सुशील साह, राकेश साह, जलेश्वर १३ बस्ने कमलेश ठाकुर लगायत सात जना घाइते भएका छन् ।

तेजाब प्रहार गर्ने अजय साह र उनको बुबा गौरीशंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment