Comments Add Comment

कुमारी घरलाई कुमारी बैंकको ५ लाख

२३ वैशाख, काठमाडौं । भूकम्पले क्षति पुगेको जीवित देवी कुमारी बस्दै आएको बसन्तपुरस्थित घर मर्मत सम्भारका लागि कुमारी बैंकले ५ लाख रुपैयाँ प्रदान गरेको छ । कुमारी घरका अध्यक्ष दुर्गा शाक्यलाई रकम हस्तान्तरण गरिएको कुमारी बैंकले जनाएको छ ।

Kumari-Bank

बैंकले भूकम्पबाट वासस्थान गुमाएकाहरुका लागि पुनर्वासमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५१ लाख रुपैयाँ बराबरको भौतिक सहयोग गर्ने घोषणा समेत गरेको छ ।

यही वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण बसन्तपुर दरबार क्षेत्रमा अवस्थित कुमारी घरमा क्षति पुगेको छ । घर नभत्किए पनि ठाउँ ठाउँमा चर्किएको छ । भूकम्प लगत्तै कुमारीलाई तल भुईंतलामा सारिएको थियो । पाँच दिनसम्म तल राखेर हाल पहिलेकै स्थानमा सारिएको छ ।

कुमारी घर जोखिममा रहेको भन्दै सर्बसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । यसअघि कुमारीको दर्शन गर्न सर्बसाधारण पनि पनि जान पाउँथे ।

इन्भेष्टमेन्ट बैंकले १ करोड खर्चिने

Nepal-Investment-Bankयसैबीच नेपाल इन्भेष्टमेण्ट बैंकले कर्मचारी कल्याणकारी कोषबाट भूकम्प पीडितहरुको घर पुनर्निर्माणमा सघाउन १ करोड रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ । एक करोड रुपैयाँ बराबरको जस्तापाता किनेर भूकम्प प्रभावित क्षेत्रमा वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकले काभ्रे, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, नुवाकोट, लमजुङ लगायतका जिल्लामा १० लाख रुपैयाँ बराबरका करिब १ हजार ५०० थान त्रिपाल र ६ लाख मूल्य बरावरको खाद्यान्न तथा लत्ताकपडा कर्मचारीहरुको सक्रियतामा वितरण गरिएको जनाएको छ ।

यस्तै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले एक करोडको आर्र्थिक सहायता प्रदान गर्न निर्णय गरेको छ । सो १ करोड रुपैयाँमध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र बाँकी ५० लाख बराबरको राहत सामाग्री बैंक आफैले भूकम्प पीडितहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकले खोकनाका भूकम्प पीडितको उद्धारका लागि हेल्मेट ८०० थान, साबेल ६० थान, व्हील ब्यारो ८ थान, गमबुट ३४५ जोर, पिक ३० थान, पन्जा ८०० जोर, ट्रली ८ थान, लगायतको उद्घार सामाग्री समेत उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment