+
+

शुक्रबार विहान ३ पटक भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २५ गते १०:०४

२५ वैशाख, काठमाडौं । शुक्रबार विहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । विहान ६ बजेर १७ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको केन्द्रविन्दू दोलखा र सिन्धुपाल्चोक सीमानामा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसअघि शुक्रबार विहान २ बजेर १९ मिनेट र ८ बजेर १९ मिनेटमा पनि भूकम्प गएको थियो । यी दुबै भूकम्पको केन्द्रविन्दु पनि सिन्धुपाल्चोक जिल्लामा थिए । यी धक्का ४ रेक्टर स्केलका थिए ।

विहीबार पनि तीनपटकसम्म धक्का महसुस भएको थियो । भूकम्पविदहरुले शक्तिशाली भूकम्पपछि साना पराकम्पहरु जाने भन्दै त्यसबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् ।

५ रेक्टर स्केलसम्मका धक्काहरु खासै हानिकारक नहुने उनीहरु बताउँछन् । तर ठूलो भूकम्पले चर्किएका घरहरुमा साना धक्काहरुले थप क्षति हुनसक्छ । त्यसैले चर्किएका घरहरु बस्नयोग्य भए-नभएको प्राविधिकहरुबाट यकीन गराएर मात्रै बस्न विज्ञहरुले सुझाव दिएका छन् ।

Earthquake

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?