Comments Add Comment

खेलाडी कल्याणकारी कोषबाट थप दुई परिवारलाई एक लाख

२५ वैशाख, काठमाडौं ।राष्ट्रिय खेलाडी कल्याणकारी कोषले बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका एक प्रशिक्षक र एक पारा एथलेटिक्स खेलाडीका परिवारलाई समान १-१ लाख प्रदान गर्ने भएको छ ।

Jeet-bdr.-khadkaकोषका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव युवराज लामाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई १-१ लाख रुपैयाा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

भलिबल मुख्य प्रशिक्षक मकवानपुरका केशवलाल श्रेष्ठ र दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ एसियाली पारा खेलकुदमा सहभागी सिन्धुपाल्चोकका जितबहादुर खड्काको भूकम्पमा परी निधन भएको थियो ।

श्रेष्ठ पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत भएकोले कोषबाट आर्थिक सहयोग उपलब्ध गराउन लागिएको कोषका सदस्य-सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले जानकारी गराए ।

यसअघि मंगलबार बसेको कोषको बैठकले उक्त विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका नुवाकोटका जुडो खेलाडीत्रय अनिशा डंगोल, निलम डंगोल र नारायण तामाङ, कराते खेलाडीद्वय तनहुाका चन्द्रकुमार श्रेष्ठ र नुवाकोटका सुरज डंगोल तथा सिन्धुपाल्चोकका क्रिकेट खेलाडी मनोज पण्डितका परिवारलाई पनि आर्थिक सहयोग स्वरुप १-१ लाख रुपैयाा दिने निर्णय गरेको थियो ।

त्यसैगरी, मंगलबारकै बैठकले सो भूकम्पका कारण ज्यान गुमाएका गोर्खापत्र दैनिकका खेल पत्रकार मकवानपुरका सुमन भोम्जनको परिवारलाई पनि एक लाख रुपैयाा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment