Comments Add Comment

१६ बैंकले भूकम्प पीडितलाई साढे १५ करोड राहत दिए (सूचीसहित)

Earthquake Nepal 2015 (8)२७ बैशाख, काठमाडौं । मुलुकमा ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेपनि हालसम्म महाभूकम्पका पीडितलाई १५ वटा वाणिज्य बैंकले मात्रै राहत दिएका छन । १५ बैंकले भूकम्प पीडितलाई साढे १५ करोड रुपैयाँ राहत दिने घोषणा गरेका हुन । बैंकहरुले घोषणा गरेको झन्डै आधा रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताएका छन ।

भूकम्प पीडितलाई सबैभन्दा धेरै राहत ग्लोब आइएमइ बैंक तथा ग्लोबल आइएमइ समूहले गरेको छ । उसले २ करोड ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ । यसअघि दुई संस्थाले छुट्टाछुट्टै रुपमा सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, रसुवा, चित्लाङ्ग, ललितपुर, कीर्तिपुर, सतुङ्गल लगायतका क्षेत्रमा चामल, दाल, नुन, चाउचाउ, त्रिपाल, टर्चलाइट, औषधि वितरण गरिरहेको छ । आइएमई समूहले ५ प्रभावित जिल्लामा ५ वटा विद्यालय बनाउने प्रतिवद्घता समेत जनाएको छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम राहत सानिमा बैंकले घोषणा गरेको छ । बैंकले जम्मा ११ लाख रुपैयाँ मात्रै राहत दिएको हो । ‘हामीले सुरुमै राहत घोषणा गर्‍यौं । अहिले कम भएको महशुस भइरहेको छ ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरसँग भने- ‘अब भूकम्प प्रभावित विभिन्न ठाउँहरुमा विद्यालय बनाइदिने सोच बनाएका छौं ।’

नियामक निकाय राष्ट्र बैंकका कर्मचारीले भूकम्प पीडितलाई १ करोड ५५ लाख रुपैयाँ राहत दिएका छन । गभर्नर डा. चिरञ्जीबी नेपाल र डेपुटी गभर्नरद्धय गोपाल काफ्ले र महाप्रसाद अधिकारीले जनही एक महिनाको तलब, कार्यकारी निर्देशक र निर्देशकहरुले २० दिनको, डेपुटी कार्यकारी निर्देशक र उपनिर्देशकहरुले १५ दिनको तलब राहत दिएका छन् ।

त्यस्तै, अधिकृतभन्दा तलका कर्मचारीले १० दिनको र पियनस्तरका कर्मचारीहरुले पाँच दिनको तलब बराबरको रकम भूकम्प पीडितलाई राहत दिएको राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, एनएमबि बैंकले भूकम्प पीडितका लागि एक करोड १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सहायता कार्यक्रमअन्तर्गत चरणबद्ध रुपमा घर निर्माण, स्वरोजगार सृजना, बालबालिकाको शिक्षा तथा वातावरणीय सरसफाइमा पनि सहयोग गर्ने बैंकले जनाएको छ ।

प्रभु बैंकले भूकम्प पीडितहरुलाई १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको छ राहत वितरण गर्ने कार्य जारी राखेको छ । बैंकले १६ गतेदेखि भूकम्प प्रभावित क्षेत्रका विभिन्न स्थानमा राहत वितरण गर्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले महाभुकम्पका पिडीतलाई एक करोड रुपैयाँ राहत दिएको छ । बैंकले अति क्षतिग्रस्त जिल्लाहरुमा खाद्यान सहयोग समेत गर्ने जनाएको छ । स्टार्नर्ड चार्टर्ड बैंकले भूकम्प पीडितको उद्दारका लागि रेडक्रसलार्इ २ करोड रूपैयाँ सहयोग गरेको छ ।

त्यसैगरी, लुम्बीनी बैंकले १ करोड दुई लाख, हिमालयन बैंकले १ करोड, एभरेष्ट बैंकले १ करोड, एभरेष्ट बैंकले १ करोड राहतको घोषणा गरेका छन । जसमध्ये एभरेष्टले ५० लाख प्रधानमन्त्री राहत कोषमा र ५० लाख रुपैयाँ बैंकले नै सरकारी तथा गैरसरकारी संस्थामार्फत परिचालन गर्ने जनाएको छ भने हिमालयन बैंकले १० लाख मूल्यका हजार वटा सौर्य बत्ती भूकम्प पिडितहरुलाई प्रदान गर्ने जनाएको छ ।

त्यस्तै, त्यस्तै, कुमारी बैंकले भूकम्पमा परि चर्किएको कुमारी घरको संरक्षणका लागि कुमारी बैंकले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यसअघि बैंकले भूकम्पबाट घरबास गुमाएका पीडितलाई पुर्नबासमा सहयोग पुगोस भनेर ५१ लाख रुपैयाँ बराबरको भौतिक सहयोग गर्ने घोषणा गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनलले पनि भूकम्प पीडितलार्इ एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बैंकले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धारा कोषमा जम्मा गर्ने र बाँकी ५० लाख रुपैयाँको राहत सामाग्री खरिद गरेर आफै वितरण गर्ने भएको छ । बैंकले वैशाख १८ गते खोकनाका भूकम्प पिडीतको उद्धारका लागि ८ सय थान हेल्मेट, ६० थान सावेल, ८ थान व्हील ब्यारो, ३४५ जोर गमबुट, ३० थान पिक, ८ सय जोर पञ्जा, ८ थान ट्रली लगायतका उद्धार सामाग्री उपलब्ध गराइसकेको छ ।

इन्भेष्टमेन्ट बैंकले पनि भूकम्प पीडितहरूलाइ १ करोड रूपैयाँ राहतको घोषणा गरेको छ ।

तर, अझै पनि नाम चलेका बैंकहरूलेसमेत भूकम्प पीडितलार्इ राहतको घोषणा गरेका छैनन । राहत घोषणा नगरेका बैंकहरूले पीडितलार्इ पनि अन्य सामाग्रीहरू भने उपलब्ध गराइरहेका छन । ‘बैंकहरूले भूकम्प पीडितका लागि राहत घोषणा गर्ने क्रम जारी छ’ नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पाैडेलले भने- दुर्इ चार दिनमा सबै बैंकले राहतको घोषणा गर्लान ।

दर्जनाैं विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्थाहरूले पनि राहतको घोषणा गरिसकेका छन भने अझै पनि राहतको घोषणाा गर्ने क्रम रोकिएको छैन ।

बैंक घोषणा गरिएको राहत रकम
ग्लोब आइएमइ बैंक र आइएमई २ करोड ५० लाख
राष्ट्र बैंक कर्मचारी १ करोड ५५ लाख
एनएमबी बैंक १ करोड १५
लुम्बिनी बैंक १ करोड २ लाख
प्रभु बैंक तथा प्रभू समूह १ करोड
राष्ट्रिय वाणिज्य बैंक १ करोड
नेपाल इन्भेष्टमेन्ट बैंक १ करोड
सिटिजन्स बैंक १ करोड
हिमालयन बैंक १ करोड
एभरेष्ट बैंक १ करोड
इन्भेष्टमेन्ट बैंक १ करोड
कृषि विकास बैंक ५० लाख
सनराइज बैंक ५० लाख
एसबिआई बैंक ५० लाख
कुमारी बैंक ५१ लाख
मेघा बैंक ५० लाख
सानिमा बैंक ११ लाख
 स्टान्डर्ड चार्टर्ड  २ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment