+
+

कालोबजारी गर्ने १४ जना थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २८ गते ६:५६

Buspark-to-Kalanki-5

२८ वैशाख, काठमाडौं । भूकम्पपछि काठमाडौंमा कालोबजारी गर्ने १४ जनालाई पक्राउ गरी प्रहरीले थुनामा राखेको छ । औषधि, पानी, मास्क तथा बसटिकटमा कालोबजारी गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोख्रेलका अनुसार महँगोमा औषधि बेच्ने ओम शिव फार्मेसीका सञ्चालक सुमन महर्जन, मकवानपुरका सुमन अधिकारी र भेरी राप्ती फार्मेसीका सरिता जिसीलाई कारोबजारी ऐनअनुसार कारबाही अघि बढाइएको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै, महँगोमा पानी बेच्ने गुल्मीकी रमा खत्री, महँगोमा मास्क बेच्ने नवलपरासीका सन्तोष बास्तोला, महोत्तरीका बब्लु गुप्ता, ठमेलका हरिराम मालाकार पनि हनुमानढोका हिरासतमा छन् । बसको टिकट महँगोमा बेच्ने झापाका पूर्णप्रसाद शिवाकोटी, मोरङका गोविन्द लुइँटेल, सिन्धुलीका सन्दीप भण्डारी र प्रकाश तामाङलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?