+
+

हल त खुले, तर दर्शकको संख्या न्यून

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २८ गते ११:२४

CTC MALL
भूकम्प आएपछि बन्द भएका धेरै स्थानका हलहरु संचालनमा आउन थालेका छन् । संचालनमा ल्याउन सकिने भनिएका हलहरुमा शुक्रबारबाट चलचित्र लाग्न थालेका छन् । नयाँ चलचित्र केही पनि नभएकाले पुराना र चैत्र २७ गतेबाट चलेका चलचित्रलाई नै निरन्तरता दिइएको छ ।

तर, भूकम्पको त्रासले अझै पनि नछाडेकाले दर्शक हलमा खासै देखिएका छैनन् । शुक्रबार काठमाण्डौको विश्वज्योती हलमा चलचित्र ‘नाई नभन्नु ल ३’ हेर्न ३ जना दर्शक आएका थिए । शनिबार भने दर्शकको संख्या केही बढ्यो । काठमाण्डौको गोपीकृष्ण हलमा शनिबार चलचित्र ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ हेर्नका लागि १ सयको हारहारीमा दर्शक आएका थिए ।

काठमाण्डौका मल्टिप्लेक्स हलमा केही बढी प्रभाव परेको छ । सुन्धाराको सीटीसी र कमलपोखरीको बीग सिनेमा अन्य हलभन्दा धेरै चर्किएका छन् । क्षती कारण अष्टनारायण, गंगा, गुण लगायतका हल पनि चलेका छैनन् । भूकम्पले प्रभाव नपारेको क्षेत्रका हलहरुमा पनि दर्शक खासै देखिएका छैनन् ।

भूकम्पको प्रभावबाट विस्तारै समाज समान्यतर्फ उन्मुख हुँदै गएकाले पनि दर्शक हलमा बढ्न सक्ने अपेक्षा गरिएको छ । काठमाण्डौ बाहिरका हलमा पनि भूकम्पको त्रासले दर्शक हलसम्म आउन सकिरहेका छैनन् । अब नेपाली चलचित्र क्षेत्रका लागि दर्शकलाई हलसम्म तान्ने एक चलचित्र आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?