Comments Add Comment

अभिनेत्री शिखा मृत फेला परिन्

shikha-joshiमुम्बई । मोडल एवं नायिका शिखा जोशी मुम्बईमा रहेको आफ्नै घरमा मृत फेला परेकी छिन् । हिन्दी फिल्म ‘बिए पास’ मा अभिनय गरेकी शिखा अंधेरी वेष्टमा बस्दै आएकी थिईन् ।

उनीसँगै बस्दै आएकी साथीले उनलाई नजिकको अस्पताल लगेकी थिईन् भने अस्पताल पुगे लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । अस्पताल पुग्दा उनको साथीको शरीरमा रगतका दागहरु स्पष्ट देखिन्थ्यो ।

उनको मृत्युलाई अहिले आत्महत्या भनिएको छ । उनको साथीले दिएको जानकारी अनुसार शिखा बाथरुममा छिर्दा नै चक्कु लिएर गएकी थिईन् ।

उनी निकट साथीहरुका अनुसार सिरियलमा काम गर्दै आएकी शिखालाई कामको अभाव थियो । वर्सोवा प्रहरी थानामा उनको मृत्युको विषयमा उजुरी गरिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दुई महिना यता शिखा साथीसँग बस्न थालेकी थिईन् । प्रहरीले उनको साथीसंग बयान लिइरहेको छ भने हत्या हो वा आत्महत्या पुष्टि हुन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment