Comments Add Comment

ग्राभिटीअनुसार घर नहल्लिएकोमा भूगर्वविदहरु नै चकित

Patan (30)

५ जेठ, काठमाडौ । नेपालमा गएको शक्तिशाली भूकम्पले ग्राभिटीअनुसार घर नहल्लिएकोमा भूगर्वविदहरु नै चकित परेका छन् । ग्राभिटीको ७० प्रतिशतमात्रै हल्लाएको भए स्वभाविक हुने तर ग्राभिटीको १७ प्रतिशत मात्रे हल्लाएको अमेरिकी भूगर्वविदले बताएका छन् ।

क्यालिफोर्निया स्टेट युनिभर्सिटीका एसोसियट विनोद तिवारीले अन्नपूर्ण दैनिकसँग कुरा गर्दै नेपालको भूकम्प असाध्यै फरक देखिएको बताए ।

जापानमा भूकम्प आउँदा पहिलो पटक फल्ट रप्चर (जमिनमा चिरा) देखिएन तर दोस्रो पटक धक्का आउँदा सात किलोमिटर लामो फल्ट रप्चर भुइामै देखिएको उनले बताए । त्यो चिरा हेरेर यति म्यग्नेच्यूटको भूकम्प सिर्जना गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

उनका अनुसार अहिले पृथ्वी राममार्ग, अरनिको राजमार्ग, लामोसाँघु-जिरी, नुवाकोट सबैतिर भएका चिरा पहिलो रक फल मात्रै हो । तर आठ, नौ ठाउँमा भने साँच्चिकै खतरा पहिरो पनि देखिएको छ ।

नेपालको भूकम्प असाध्य फरक, संसारमा नदेखिएका प्रकृति यहाँ देखिएकोले यसले कोड नै फेरिदिने भूगर्वविदहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment