Comments Add Comment

अखिल क्रान्तिकारीबाट ६ विद्यालय पुनर्निर्माण

DIPINI-Jhapa

  • झापाको दिपिनी प्राविको टहरो निर्माण गरी हस्तान्तरण गरिँदै

५ जेठ, काठमाडौं । एमाओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारीले भूकम्प प्रभावित जिल्लामा ६ विद्यालय पुनर्निर्माण गरी पढ्न मिल्ने बनाएको छ । गोर्खामा ३ र कास्की, नुवाकोट र झापामा एक-एक विद्यालय पुनर्निर्माण गरिएको हो ।

गोर्खाको स्वारा ८ मा उराजङ प्रावि, ग्याजी सिउरपानीमा मुलदेवी प्रावि र घैरुङमा सिजाली माविको भवन पुनर्निर्माण गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिए ।

यसैगरी कास्कीको भगवती मावि दानसिङ र नुवाकोटको चण्डेश्वरी मावि तुप्चे र झापाको दमक १० स्थिति दिपिनी निमाविको भवन मर्मत गरिएको छ । दिपिनी मावि झापाको बाँसको टहरो बनाइ माथिबाट त्रिपाल लगाइएको छ । सो टहरोलाई अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरेको छ ।

Muldevi-Prabi-Gorkha
मुलदेवी प्राविको भवन मर्मत तथा पुनर्निर्माण गरिँदै

‘भूकम्पपछि अबरुद्ध पढाइ छिटो भन्दा छिटो सुरु होस् भनेर तत्काललाई अस्थायी विद्यालय भएपनि बनाउन लागिपरेका छौं,’ क्रान्तिकारीका अध्यक्ष मल्लले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा हाम्रो टिम निरन्तर खटिरहन्छ ।’

भूकम्पले क्षतिग्रस्त भवनको मर्मत, पुनर्निर्माण र अस्थायी टहरा बनाउन अखिल क्रान्तिकारीका विद्यार्थीहरु बिभिन्न जिल्लामा खटिएका छन् ।

गोर्खामा अखिल क्रान्तिकारीका केन्द्रीय कार्यालय सदस्य नरेन्द्र न्यौपाने, अखिल क्रान्तिकारी रोल्पाका अध्यक्ष बीरबहादुर घर्ती र थारुवान क्षेत्रका विद्यार्थी लगायत खटिएका छन् । उनीहरुले भत्किएका संरचना पन्छाउने, अस्थायी टहरा बनाएर पुनर्वासको व्यवस्था मिलाउने र विद्यालय पुनर्निर्माण गर्दै आएका छन् ।

Sinjali-Mabi-Gorkha
गोरखा घैरुङको सिजाली माविमा अखिल क्रान्तिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment