Comments Add Comment

शंकास्पद राहत सामाग्रीसहित ४ जना पक्राउ

५ जेठ, काठमाडौं । शंकास्पद राहत सामाग्री सहित ४ जनालाई काठमाडौंको ज्ञानेश्वरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बा ३ च ८३७२ नम्बरको गाडीमा राखिएका राहत सामाग्री शंका लागेर महानगरीय प्रहरी वृत्त कमलपोखरीले मंगलबार नियन्त्रणमा लिएको हो ।

यसअघि स्थानीयले ज्ञानेश्वरमा गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए । सो स्थानमा गएर बुझ्दा शंका लागेर अनुसन्धानको लागि चामल, त्रिपाल, खाद्यान्न राखिएको गाडी र ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment