Comments Add Comment

बिप्लव भटराईलाई खेलकुद पुरस्कार

६ जेठ, पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथरले यस बर्षबाट बितरण गर्न लागेको स्वर्गिय प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष इलामका यूवा पत्रकार बिप्लव भटराई पुरस्कृत हुने भएका छन ।

जिल्ला शाखा अध्यक्ष लवदेव ढूंगानाको अध्यक्षतामा पाँचथरको मंगलबार सम्पन्न बैठकले भटराईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । इलाममा रहेर पत्रकारिता गरिरहेका भटराई हाल कान्तिपुर दैनिकसँग आबद्ध छन् ।

महासंघले यसैबर्षबाट बितरण सुरु गर्ने स्वतन्त्रता सेनानी पत्रकारीता पुरस्कार पत्रकार महासंघ केन्द्रीय पूर्वसभापति बिष्णु निष्ठुरीलाई प्रदान गर्ने यस अघिनै निर्णय गरिसकेको छ । महासंघका अनुसार जेठ १५ गते एक साथ तीन पुरस्कार बितरण गरिदैछ । तीन मध्ये दुईको छनौट भइसकेको छ भने हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारका लागि आबेदन माग गरिएको छ ।

१० गते भित्र ति सबै प्रकृया पुरा गरेर पुरस्कार बितरण गरिने महासंघ सचिव गिरिराज बाँस्कोटाले जानकारी दिए ।

कृष्ण ओझाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment