+
+

विप्लवले काभ्रेको नाल्दुममा राहत बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ६ गते १२:२६

६ जेठ, काठमाडौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधवार भूकम्पबाट प्रभावित काभ्रेको नाल्दुम बालुवापाटीमा राहत बाँडेका छन् ।

नेत्रविक्रम चन्द
नेत्रविक्रम चन्द

नगरकोटबाट पूर्व तर्फको विकट नाल्दुम बालुवापाटी गाविस- ३ रानीबनछापमा विप्लव आफैले राहत बाँडेका हुन् ।

एक सय ९६ घर धुरी रहेको रानीबनमा प्रत्येक परिवारलाई एक/एक कट्टा चामल, दाल, तीस थान त्रिपाल, केही थान कम्बलहरु वितरण गरेको दीपेन्द्र रावलले जानकारी दिए ।

वैशाख १२ को विनाशकारी भूकम्पका कारण घर भत्किँदा उक्त गाउँका चार जनाको मृत्यु भएको थियो ।

काभ्रेमा भूकम्पका कारण अहिलेसम्म ३ सय १८ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ८० जना घाइते भएका छन् । भूकम्पले जिल्लाका ४९ हजार ९ सय ३३ घर पूर्ण रुपमा भत्किएका छन् भने २३ हजार ७ सय १४ घरमा आंशिक क्षति पुगेको छ ।

महाभूकम्पपछि विप्लव माओवादीका कार्यकर्ताहरु पनि प्रभावित क्षेत्रहरुमा पीडितलाई सहयोग तथा घर टहरा निर्माणमा जुटिरहेका छन् । काभ्रेको पाँचखाल, धुलिखेल, नाल्दुम तथा अनेकोटमा गरी उनीहरुले एक सय ५० टहरा निर्माण गरेको जनाएका छन् ।

बुधवार नै थप टहराहरु निर्माणका लागि केन्द्रीय सदस्य सन्तोषी विकको नेतृत्वको पुनर्निर्माण टोली अनेकोट पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?