Comments Add Comment

बेष्ट रेमिट र एनआईसी बैंकबीच रेमिट्यान्स सम्झौता

६ जेठ, काठमाडौं । गैरआवासीय नेपालीहरुद्धारा प्रवद्धित बेष्ट रेमिट नेपाल र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा बेस्ट रेमिटका प्रबन्ध निर्देशक श्याम तामाङ र एनआईसीका प्रमुख कार्यकारी अधिकृत सशिन जोशिले Best-and-NIC-Asiaहस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स रकम एनआईसी बैंकका मुलुकभर रहेका ६८ शाखाबाट भुक्तानी लिन सकिने छ ।

सम्झौतापछि बेष्ट रेमिटका प्रबन्ध निर्देशक श्याम तामाङले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पुर्‍याउन यो सम्झौताले थप सहज बनाउने बताए ।

बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ ।

बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।

यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिटमार्फत पठाएको रकम बेस्ट रेमिटका २५ सयभन्दा बढी एजेण्ट, सब-एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment