Comments Add Comment

भूकम्प प्रभावित क्षेत्रमा असारसम्म सेना परिचालन हुने

६ जेठ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले भूकम्प प्रभावित क्षेत्रमा आगामी असार महिनासम्म सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

गत वैशाख १२ गतेको भूकम्प लगत्तै उद्धार, राहत र पुनर्निर्माणको काममा सेना परिचालन भएका छन् । प्रधानमन्त्री कार्यालयले पनि सेना परिचालनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर मन्त्रिपरिषदको सिफारिस अनुसार सेना परिचालनको स्वीकृति दिइएको जानकारी दिएको छ ।

sena-parichalan-2072

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment