Comments Add Comment

बेलायतले नेपाललाई १ अर्ब ५८ करोड सहयोग गर्ने

६ जेठ, काठमाडौं । नेपालका भूकम्प प्रभावितका लागि बेलायतले १ करोड पाउण्ड (१ अर्ब ५८ करोड रुपैयाँ) सहयोग गर्ने भएको छ ।

DFID-Help

  • प्रधानमन्त्री सुशील कोइरालालाई भेट्दै डिएफआईडीको टोली । तस्वीर प्रधानमन्त्रीको सचिवालय

बेलायतको अन्तराष्ट्रिय विकास विभाग (डीएफआइडी)की सचिव तथा विधायिका सदस्य जस्टिन ग्रिनले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई  भेटेर  सहयोगबारे जानकारी गराएकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले सो रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्न सहयोग गर्न लागेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थाहरुको स्थापना, पुनस्थापना, औषधि र उपकरण खरिद सहितका सेवाहरु पर्ने बताइएको छ ।

भेटमा प्रधानमन्त्री कोइरालाले बैशाख १२ गतेको ठूलो भूकम्प र त्यसपछिका पराकम्पनहरु गैरहे पनि अब खोजी र उद्धारको चरण समापनतिर पुग्न लागेको र राहत तथा अस्थायी पुनस्थापनाको काम आरम्भ भएको जानकारी गराएका थिए ।

उनले आगामी बर्ष हुने नेपाल-बेलायत कुटनीतिक सम्बन्धको द्विशताब्दीका अवसरमा बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए ।

भेटमा नेपालमा भूकम्पले पुर्‍याएको क्षति, उद्धार, राहत पुनस्थापना, पुनर्निर्माण तथा नेपाल-बेलायत सम्बन्धबारे कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment