Comments Add Comment

सहयोगमा समेत दाताको अंकुश

७ जेठ, काठमाडौं । दातृनिकायहरुले नेपालका भूकम्प पीडितहरुका लागि क्षेत्र तोकेर मात्र सहयोग दिने संकेत देखिएको छ । सहयोगमा उनीहरुले नै क्षेत्र तोकिदिँदा सरकारले आफूले प्राथमिकता तोकेर खर्च गर्न नपाउने भएको छ ।

‘दाताले क्षेत्र तोकेर सहयोग दिँदा कुनै क्षेत्रमा बढी र कुनै क्षेत्रमा कम रकम हुने देखिएको छ,’ अर्थमन्त्रालयका एक सहसचिवले भने, ‘स्वास्थ्य, शिक्षा, खाद्यान्न भनेर तोकेर दिँदा पूर्वाधार विकासमा रकम नै नहुने वा पूर्वाधारका लागि भनेर तोकर दिँदा अन्य क्षेत्रमा कम हुने सम्भावना हुन्छ । त्यसैले दाताले भूकम्पपीडितहरुका लागि भनेर दिएको रकम अन्य क्षेत्रमा खर्च गर्न हुँदैन भन्ने शर्त राखेको भए राम्रो हुने थियो ।’

द्याताहरुले धमाधम क्षेत्र तोक्दै रकम सहयोग गर्दा कम प्राथमिकताप्राप्त क्षेत्रमा बढी रकम जम्मा हुँदा समानुपातिक विकासमा समेत असर पर्ने देखिएको आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।

वर्षा लाग्न लागेको कारण सरकारले अहिले अस्थायी आवासको लागि खर्च गर्नुपर्नेमा केही दातृनिकायहरुले स्वास्थ्य, खाद्यान्न, शिक्षाजस्ता क्षेत्रमा सहयोग तोक्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment