Comments Add Comment

ठुटे चिम्नीबाट धुँवा निस्कन थाल्यो (फोटो कथा)

७ जेठ, काठमाडौं । भक्तपुरका अधिकांश ईंटाभट्टाका चिम्नीहरु झट्टै हेर्दा धरहराजस्तै अग्ला देखिन्थे । बैशाख १२ को भूकम्पपछि ती चिम्नीहरु कुनै फेदैदेखि ढले त केही वीच भागमा भाँचिएर ठुटे भए ।

Brick Bhaktapur (4)

भूकम्पका कारण लाखौं घर भत्किएका बेला ईंटाको माग ह्वात्तै बढेको छ । वर्षायाम लाग्नै आँटेकाले अब ईंटा उत्पादनमा कमी आउने बेला भइसकेको छ । अब चिम्नी भाँचिएका ईंटा उद्योगले ईटा निर्माण गर्छन् कि गर्दैनन् भन्ने बुझ्न भक्तपुर क्षेत्रमा पुग्दा भाँचिएका ठुटे चिम्नीबाट धुँवा आइरहेको देखियो, जुन सकारात्मक संकेत थियो ।

चिम्नीहरु आधा भाँचिए पनि ईंटा पोल्नका लागि समस्या नपर्ने उद्योगीले बताए । साथै पुनर्निर्माणका लागि आफूहरुले ईंटाको कमी हुन नदिने र विपतलाई ख्याल गर्दै तत्काल ईंटाको मूल्यसमेत नबढाइने उनीहरुले बताएका छन् ।

भूकम्पपछि ईंटाभट्टाको स्थिति 

Brick Bhaktapur (1)

Brick Bhaktapur (2) Brick Bhaktapur (3)
Brick Bhaktapur (5) Brick Bhaktapur (6) Brick Bhaktapur (7) Brick Bhaktapur (8) Brick Bhaktapur (9) Brick Bhaktapur (10) Brick Bhaktapur (11)
Brick Bhaktapur (13)

Brick Bhaktapur (14)

Brick Bhaktapur (17)

Brick Bhaktapur (15)

Brick Bhaktapur (16)
तस्वीर-श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment