Comments Add Comment

एकताका लागि राष्ट्रिय सहमतिको सरकार बनाऔं  नेता देउवा

१२ जेठ, गोरखाबजार । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दलहरूबीच एकता कायम गरी देशलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् ।

गत  वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्याएको क्षति र त्यसपछिको अवस्थाबारे अनुगमन गर्न  गोरखा सदरमुकाम आएका नेता देउवाले भने-‘राष्ट्रिय एकताका लागि राष्ट्रिय सरकार आवश्यक छ । हामी त्यसैमा लागिपरेका छौँ ।’

राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नेबारे छलफल भएपनि टुङ्गोमा नपुगेको भन्दै उनले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सबै दलहरू एक ठाउँमा बसेर टुङ्गोमा पुग्नुपर्ने बताए ।

देशलाई विपद् परेका बेला सबै दल एकै ठाउँमा उभिनुपर्ने भन्दै उनले विपद्मा परेका नेपालीलाई सबै मिलेर सहयोग गर्नुपर्ने धारणा राखेका छन् । ‘सबै नेपाली एकजुट भएर विपद्को सामना गर्नुपर्ने भन्दै उनले भने-‘फेरि हाँसीखुसीको नेपाल फर्काउन एकजुट होऔँ ।”

नेता देउवाले भूकम्पले क्षति पुर्याएको गोरखाको गोरखनाथ गुफा, गोरखादरबार, कालिका मन्दिरको पनि स्थलगत अवलोकन गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment