Comments Add Comment

भूकम्पमा मृतकको संख्या ८६७४ पुग्यो, झण्डै २२ हजार घाइते

१२ जेठ, काठमाडौं । भूकम्पको एक महिनाको अवधिमा मृतकको संख्या ८ हजार ६७४ पुगेको छ । २१ हजार ९५४ जना घाइते भएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

 

नेपाल प्रहरीले मंगलबार साँझ ५ बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौं उपत्यकामा १ हजार ७३४, पूर्व क्षेत्रमा ५७, मध्यक्षेत्रमा ६ हजार ४३०, पश्चिम क्षेत्रमा ४५१ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ ।

मृतक ८ हजार ६४० जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये ४ हजार ८७७ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

भूकम्पबाट नेपाली सेनाका ९, नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका १ र निजामती कर्मचारी ११ जनाको मृत्यु भएको छ । हालसम्म २०५ जना नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी छ ।

विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी काठमाडौं उपत्यकामा ६७ हजार १८८ घर क्षतिग्रस्त भएका छन् । पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्यक्षेत्रमा २ लाख ८६२, पश्चिम क्षेत्रमा १ लाख ४६ हजार ७६८, मध्यपश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूरपश्चिम क्षेत्रमा १४८ गरी जम्मा ४ लाख ७० हजार ९९१ भौतिक संरचनाहरु क्षतीग्रस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment