Comments Add Comment

स्काभेटरसँगै बगेका सहचालककाे मृत्यु, चालक गम्भीर

१५ जेठ, ताप्लेजुङ । मोटरबाटो खन्नेक्रममा ताप्लेजुङमा माथिबाट झरेको पहिरोले स्काभेटर बगाउँदा घाईते भएका सहचालकको मृत्यु भएको छ । उपचारका लागि जिल्ला अस्पताल ल्याइएका उनको तत्कालै अस्पतालले मृत घोषित गरेको थियो । गम्भीर घाइते चालकको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ ।

तिरीङ्गे-याम्फुदिन जोड्ने मोटरबाटो खन्ने क्रममा शुक्रबार विहान करीव १० बजे माथिबाट झरेको पहिरोले स्केभेटर समेतलाई बगाउँदा गम्भिर घाईते भएका सहचालक ताप्लेजुङ तेल्लोक ५ का २५ वर्षीय सुमन पराजुलीको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याउना साथ मृत्यु भएको प्रहरीले बताएको छ ।

स्काभेटरका चालक धादिङ निवासी टेक बहादुर गुरुङ भने गम्भीर घाईते भएका छन् । पहिरोले सडकको ट्रयाक खोलिरहेको स्काभेटरसहित चालक र सहचालकलाई करीव सय मिटर तल सम्म बगाएको थियो ।

घाइते चालकको पनि शरीरका विभिन्न भागमा चोट लागेको बताईएको छ । घटनास्थल सदरमुकाम देखि करीव चार घण्टाको कच्चि सडकको दुरीमा रहेकाले उचारका लागि ल्याउन धेरै समय लागेको थियो ।

– रविन भट्टराईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment