Comments Add Comment

भारत लोकसभा चुनाव : कांग्रेसको पाँच बाचा

१८ चैत, काठमाडौं । लोकसभा चुनावका लागि कांग्रेसले बाचाले भरिएको चुनावी घोषणा पत्र सार्वजनिक थरेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको बाचा झुटमा आधारित नभएको दाबी गरेका छन् ।

कांग्रेसको पाँच ठूला बाचा छन् । पहिलो बाचा हो, गरीबलाई ७२ हजार । राहुल गान्धीका अनुसार उनको पार्टीको सरकार बनेमा खातामा हरेक वर्ष ७२ हजार र पाँच वर्षमा ३ लाख ६० हजार जम्मा गरिदिनेछ ।

घोषणापत्रमा २०२० सम्म सबै खाली सरकार पदमा पूर्ति गरिसक्ने बाचा गरिएको छ । राहुल भन्छन्, ‘देशमा २२ लाख सरकारी पद खाी छ र कांग्रेसले छिट्टै पदपूर्तिको प्रयास गर्नेछ । तेस्रो बाचा, ग्रामिण युवाहरुलाई रोजगारी दिनेछ । राहुलले दाबी गरेका छन् कि उनको सरकारले १० लाख युवालाई ग्राम पञ्चायतमा रोजगारी दिनेछ ।

साथै तीन लाख युवालाई व्यवसाय सुरु गर्न कुनै अनुमति लिनु पर्दैन र बैंकको ढोका उनीहरुका लागि खोलिनेछ ।

कांग्रेस अध्यक्ष राहुलले रेलवेमा जस्तै किसानका लागि छुट्टै बजेट पेश गर्ने बाचा पनि गरेका छन् । किरानाको ऋणको समस्या समाधानका लागि राहुलले भनेका छन् कि यदि किसानले ऋण तिर्न सकेनन् भने अपराधिक मुद्दा चलाइने छैन । यसलाई सिभिल अफेन्स मानिनेछ ।

घोषणा पत्रमा बाचा गरिएको छ कि कांग्रेसको सरकारले जीडीपीको ६ प्रतिशत शिक्षा बजेटमा छुट्याउनेछ । स्वास्थलाई लिएर राहुलले प्राइभेट इन्स्योरेन्समा आधारित स्वास्थ्य स्किममा भर नपर्ने बताएका छन् ।

राहुलले अघि भनेका छन्, ‘पछिल्लो वर्षहरुमा बीजेपी सरकारले देशलाई विभाजित गर्ने काम गर्‍यो । कश्मीरको उदाहरण हाम्रो अगाडि छ, नहाँ हाताहातीको संख्या दिनानुदिन बढेको छ । कांग्रेस पार्टीले देशलाई जोड्ने काम गर्छ । राष्ट्रिय र घरेलु सुरक्षामा हाम्रो जोड हुनेछ ।’

कांग्रेसले आफ्नो घोषणापत्रको नाम ‘जन घोषणा पत्र’ राखेको छ, जसमा लेखिएको छ, हामी पुरा गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment