Comments Add Comment

फेरि तरलता अभाव हुने संकेत

आधादर्जन बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्यो

Photo Credit : फाइल फाेटाे

१९ चैत, काठमाडौं । दशैंतिहार सकिए लगत्तै देखिएको तरलताको समस्या पुनः देखिन सक्ने सम्भावना देखिएको छ । निक्षेपको तुलनामा कर्जा अधिकतम लगानी हुँदा तरलता हुने सम्भावना देखिएको हो ।

दशैं अघि कर्जा विस्तारमा आक्रामक देखिएका बैंकहरु पुनः कर्जा विस्तारमा आक्रामक देखिएका छन् । पछिल्लो तथ्यांक अनुसार निक्षेप ९ दशमलव ५ प्रतिशतले बढ्दा कर्जा १५ प्रतिशतले बढेको छ ।

बैंकहरुमा लगानी योग्य रकमको अभाव हुने संकेत कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो) ले समेत पुष्टि गरेको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सीसीडी रेसियो ८० प्रतिशत भन्दा कम राख्नु पर्ने व्यवस्था गरेको छ । तर, लगानी योग्य रकमको अभाव हुँदा आधादर्जन बैंकको सीसीडी ८० प्रतिशत नाघिसकेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकहरुमा अहिले पनि पर्याप्त तरलता नभएको बताए । उनले हाल ६ वटा वाणिज्य बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशत नाघेको जानकारी दिए । कुन–कुन बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघेको हो भन्ने उनले खुलाउन चाहेनन् ।

यो पनि पढ्नुहोस अरुण तेस्रोमाथि प्रश्न : स्वदेशी पुँजीलाई ‘विदेशी लगानी’ भन्ने ?

डेपुटी गभर्नर श्रेष्ठका अनुसार अन्य करिब आधादर्जन वाणिज्य बैंकहरुको पनि सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगिसकेको छ ।

सरकारी ढुकुटीमा खर्च हुन नसकेको रकम यतिबेला १७७ अर्ब रहेको छ । यो रकम खर्च हुनसके तरलताको समस्या समाधान हुने डेपुटी गभर्नर श्रेष्ठ बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुमा पछिल्ला केहि वर्ष यता वर्षेनी तरलताको समस्या उत्पन्न हुने गरेको छ ।

यस वर्ष दशैंतिहार लगत्तै पनि लगानी योग्य रकमको अभाव देखिएको थियो । कात्तिक महिना यता सहज भएको लगानी योग्य रकमको अभाव पुनः देखिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment