News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको सीमा १० देखि १५ लाखबाट बढाएर ३० लाखसम्म पुर्याएको छ ।
- कृषि कर्जा ३० लाख र महिला उद्यमसहितका अन्य कर्जा २५ लाखसम्म विपन्न वर्गमा पर्ने व्यवस्था बिहीबार निर्देशनमार्फत गरिएको छ ।
- साना, घरेलु तथा लघु व्यवसाय, अति अविकसित क्षेत्रका उद्योग, स्टार्टअप र बजार सञ्चालनका लागि दिइने कर्जा पनि तोकिएको सीमासम्म विपन्न वर्गमा राखिने भएको छ ।
११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले १० देखि १५ लाखसम्मका कर्जाको सीमालाई बढाई ३० लाखसम्म पुर्याएको हो।
यसभन्दा अघि विपन्न वर्ग कर्जामा पर्नका लागि लघु, कृषि तथा अन्य कर्जाको आकार १५ लाखसम्मको हुनु पर्दथ्यो । अब भने तीनै शिर्षकका १५ देखि ३० लाखसम्मका कर्जा विपन्न वर्गमा पर्ने भएका हुन् ।
बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । त्यसैगरी केन्द्रीय बैंकले १० लाखसम्मको कृषि कर्जालाई ३० लाख पुर्याएको छ । १५ लाखसम्मको महिला उद्यम लगायतका अन्य कर्जाको आकार २५ लाख पुर्याएको केन्द्रीय बैंकले जनाएको छ ।
साना, घरेलु तथा लघु व्यवसायलाई चलरअचल सम्पत्ति धितो लिई वा उद्यमरपरियोजना धितो लिई प्रवाहित ३० लाखसम्मको कर्जा पनि विपन्न वर्गमा पर्ने भएको छ ।
कृषि व्यवसाय सञ्चालन गर्न प्रवाह हुने ३० लाखसम्मको कर्जा विपन्न वर्गमा राखिएको केन्द्रीय बैंकले जनाएको छ । कृषि उपज, मल, बीउ लगायत कृषि सामग्री ढुवानी गर्न सवारी साधन खरिदको लागि कृषकरसहकारी संस्थालाई प्रवाह हुने ३० लाखसम्मको कर्जालाई पनि सोही वर्गमा राखिएको छ ।
स्थानीयररैथाने सिप, कलाकौशलसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न एवम् यस्तै प्रकृतिका उद्यम, हस्तकला तथा सिपमुलक व्यवसाय प्रवद्र्धन गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जा विपन्न वर्गमा पर्नेछ ।
कुल कर्मचारी संख्याको कम्तीमा ५० प्रतिशत विपन्न वर्गका समुदायलाई रोजगारी दिई सञ्चालनमा रहेको व्यवसायलाई प्रवाह हुने ३० लाखसम्मको कर्जा पनि विपन्नमा वर्गीकरण गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
औद्योगिक व्यवसाय ऐन २०७६ मा उल्लेख भएबमोजिमको अति अविकसित क्षेत्रमा सञ्चालित उद्योगरव्यवसायका लागि प्रवाह भएको १ करोडसम्मका कर्जा तथा सोही क्षेत्रमा सञ्चालित २५ लाखसम्मका स्टार्टअप उद्यम कर्जा पनि विपन्न वर्गमा पर्ने केन्द्रीय बैंकले जनाएको छ ।
विपन्न वर्गका व्यक्तिले उत्पादन गरेका तरकारी, फलफूल वा कृषि उपज लगायत अन्य वस्तु तथा सेवा सोझै खरिद गर्ने वा खरिदरबिक्रीका लागि बजार सञ्चालन गर्न वा बजार उपलब्ध गर्नरगराउन व्यक्तिरव्यवसायरविषयगत सहकारी संस्थालाई प्रवाह हुने ३० लाखसम्मको कर्जा पनि सोही वर्गमा पर्ने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4