+
+
Shares

सोल्टी होटेलमा २५ वर्षे विकास रणनीतिबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते १३:५६

१९ चैत, काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि शुरु हुने भएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मस्यौदा आधारपत्रमाथि छलफल गर्न विकास परिषदको बैठक डाकिएको हो । परिषदको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्नेछन् ।

दुई दिनसम्म होटेल सोल्टीमा हुने बैठकमा सबै मन्त्रीहरु, आयोगका उपाध्यक्ष, सभामुख , मुख्यमन्त्रीहरु, संसदीय समितिका सभापतिहरु, निजी तथा सहकारी क्षेत्रका प्रतिनिधिहरु तथा सरकारले परिषद् सदस्यमा मनोनित गरी २५ जना सहभागी हुनेछन् ।

राष्ट्रिय योजना आयोगले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गर्दै २५ वर्षे विकास रणनीति बनाएको छ । यो योजनालाई सफल बनाउन आयोगले सातै प्रदेशस्तरमा छलफल चलाएको थियो ।

यसगरी यस अवधिमा विषय विज्ञहरु, सामाजिक क्षेत्रका विभिन्न समूहहरु, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्र, विकास साझेदार संस्थाहरु, सञ्चार क्षेत्र, नागरिक संगठनहरुसँग पनि योजनाको आधारपत्रको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको आयोगले जनाएको छ ।

सोही योजनाको आधारपत्रको मस्यौदालाई अन्तिम रुप दिन राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश, २०७४ बमोजिम गठित विकास परिषदको बैठक गर्न लागिएको आयोगले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?