Comments Add Comment

कर्णाली नदीमा एकै पटक १११ वटा र्‍याफ्टिङमा जलयात्रा गरिने

कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ का मुख्यमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने

१९ चैत, कैलाली । पर्यटन भ्रमण वर्ष २०२० र कैलाली भ्रमण वर्षलाई लक्षित गरी कर्णाली नदीमा यही महिनामा बृहत जलयात्रा हुने भएको छ । आयोजक कैलाली जिल्ला समन्वय समितिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनगरी चैत २३ गतेदेखि २५ गतेसम्म जलयात्रा आयोजना गरिने जानकारी दिएको हो ।

कैलाली जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाले कर्णालीमा १११ वटा र्‍याफ्टिङबाट १ हजार एकसय दश जनालाई जलयात्रामा सहभागी गराइ विश्व कीर्तिमान कायम राख्ने लक्ष्य रहेको बताए ।

उनले विश्वमै चिनिने नदी कर्णालीमा कैलालीको सोल्टादेखि चिसापानीसम्म २३ किलोमिटरको जलयात्रामा नेपाललगायत भारत र तेस्रो मुलुकबाट समेत पर्यटकहरु आउने बताए ।

‘कर्णाली र्‍याफ्टिङ जेम्बोरी २०१९’ नाम दिइएको उक्त जलयात्राको सम्पूर्ण तयारी पूरा भएको सभापति थापाले जानकारी दिए ।

नेपालका विभिन्न स्थानबाट र्‍याफ्टिङहरु मगाइसकिएको बताउँदै जलयात्राको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का मुख्यमन्त्रीहरुले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment