Comments Add Comment

बिहेलाई छुट्टयाएको रकम राहत कोषमा

donetion earth quake१५ जेठ, काठमाडौ । ब्यवसायी सुरेन्द्र माथेमाले आफ्नी छोरीको विवाहका लागि छुट्याएको दुई लाख रुपैयाँ भूकम्पपीडितको सहयोगार्थ सरकारलाई बुझाएका छन् । माथेमाले छोरी प्रीतिको विवाहका लागि छुट्याएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नका लागि प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका हुन् ।

सो रकम माथेमा, उनकी पत्नी माला, छोरी प्रीति र ज्वाई जेसी टिस (अमेरिकी नागरिक) ले शुक्रवार प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । पीडितहरुका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएकोमा प्रधानमन्त्री कोइरालाले खुशी ब्यक्त गरे ।

८७ लाख,२५ हजार ६सय ५ रुपैयाँ ८० पैसाको चेक राहत कोषमा जम्मा गर्न भन्दै नेपाल बैंक लिमिटेडका कर्मचारीहरुले शुक्रवार प्रधानमन्त्री कोइरालालाई बुझाए ।

शुक्रवार नै राष्ट्रिय अनुसन्धान विभागले पनि राहत कोषमा ५० लाख रुपैया जम्मा गरेकाे छ । विभागका प्रमुख दीलिप रेग्मीले प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गरेका थिए ।

शुक्रबार नै अष्ट्रेलियामा कार्यरत नेपालीहरुको आधार आडरा डेभलपमेण्टले ५ लाख, हिमालयन टर्मिनलका आरबी रौनियारले ५ लाख, विदेशी मुद्रा व्यवसायी संघका तर्फबाट ३ लाख ५१ हजार रुपैयाँ तथा जापानमा अवस्थित नाकामुरा केनिची कर्पोरेशनले १६हजार ६ सय ६७ अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment